
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शनिबारदेखि श्रमदान सुरु भएको छ ।
पथरी शनिश्चरेका सक्रिय युवाहरुले वडा नं. २ शान्ति चौकदेखि शिवचोक सम्मको बाटोको दायाँ र बायाँ पट्टीको झाडी फडानी तथा सरसफाइको सुरुवात गरेका छन् ।
प्रथम चरणको सरसफाई पथरी शनिश्चरे वडा नं. २ को शान्ति चौकदेखि वडा नं ७ किराँती चोकसम्म गर्ने बिरु वान्तवाले जानकारी दिए । यसैगरी हरेक शनिबार बिहान ७ बजे देखि श्रमदान सुरू गरिने पनि जनाएको छ । श्रमदानमा ‘म हुँ श्रमदाता, हेर्दिन म अरुको आश । बन्दिनँ म जिउँदो लाश । सजनाउँछु श्रमले परिवेश । बनाउनँछु म आफ्नो देश’ लेखिएको टि सर्ट लगाएर युवाहरुले श्रमदान गरेका थिए । श्रमदानमा सहभागी युवा पर्वत चाम्लिङले भने–‘हामी हर्क साम्पाङबाट प्रभावित भई पथरी शनिश्चरेमा श्रमदान थालेका छौं, यसमा सबैलाई जोडिन हामी अनुरोध पनि गर्दछौं ।
तस्बिर – पि.एल.टि.भी


