लर्डबुद्धद्वारा वक्तृत्वकला प्रतियोगिता - Crazysaptahik.com

लर्डबुद्धद्वारा वक्तृत्वकला प्रतियोगिता

पथरीशनिश्चरे–२ बुद्धचौकमा अवस्थित लर्ड बुद्घ वचत तथा ऋण सहकारी संस्थाले मंगलबार (आज) वक्तत्वकला प्रतियोगिता गरेको छ । स्थानीय १६ विद्यालयको सहभागिता रहको सो वक्तृत्वकला प्रतियोगितामा संस्थाले आफ्नो कार्र्य क्षेत्र रेहेका निजी तथा सामुदायिक विद्यालयको सहभागितामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सञ्चालन गरेको हो ।
आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका शीर्षकमा भएको प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना विद्यार्थीको प्रतिनिधित्व हुनेगरी समावेश गरिएको संस्थाका व्यवस्थापक गणेश वाछाना राईले जानकारी दिए ।

प्रतियोगिता प्रथम हुने पथरीको न्यु प्यागोडा माविमा कक्षा– ७ का छात्र युगल किशोर अधिकारी प्रथम भए भने पथरीकै रेडस्टार आवाशीय माविमा कक्षा–९ मा अध्ययनरत छात्रा रिमा कार्की द्वितीय, पथरीशनिश्चरे–२ को वाल्मीकि माध्यमिक विद्यालयकी छात्रा सजना घिमिरे त्रितीय भइन् । यसैगरी पथरीशनिश्चरेकै वाल जागरण विद्या मन्दिरका
सृृजन घिमिरे सान्तवना भए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका पूर्व अध्यक्ष श्री हरिप्रसाद सुवेदी र लर्ड बुद्ध साकोसका सल्लाहकार साथै पूर्व अध्यक्ष हर्कबहादुर राई, संस्थाका अध्यक्ष धनराज राई (अमिर), सचिव महेन्द्र ढुंगाना, उपाध्यक्ष विन्दादेवी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर