स्वास्थ्यचौकीमा ल्याव सेवाको उद्घाटन - Crazysaptahik.com

स्वास्थ्यचौकीमा ल्याव सेवाको उद्घाटन

मोरङको पथरीशनिश्चरे–२ मा निर्मित स्वास्थ्य चौकी भवनमा विहिबारदेखि ल्याव सेवा सुरुवात गरिएको छ । नगरप्रमुख दिलिपकुमार राई (किशोर)ले ल्याव सेवाको उद्घाटन् गर्नुभएको हो ।

प्रमुख राईले रिवन काटेर र आफ्नो रगत जाँच गराई ल्यावको उदघाटन गर्नुभएको हो । अतिथि तथा सहभागीलाई उद्घाटनका अवसरमा निःशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा, नगरका वडा अध्यक्ष, सदस्यहरु, अग्रज मोहन तुम्वापो लगायतले ल्याव सेवा सञ्चालनले वडा तथा नगरवासीमा राहत मिलेको बताउनुभएको थियो ।

सम्बन्धित खवर