पथरीमा सिक्काको उद्घाटन - Crazysaptahik.com

पथरीमा सिक्काको उद्घाटन

खाना र संगीत पारखीहरुलाई लक्षित गरी पथरीशनिश्चरे र कानेपोखरीका ७ युवा व्यवसायीहरुको सामुहिक प्रयासमा ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा आएको सिक्का लन्च एण्ड बार विथ लाइभ म्युजिक नामको वारको औपचारिक उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गरेका छन् । भ्यालेन्टाइनडेको अवसर पारेर सो वारले औपचारीक व्यावसाय सञ्चालनमा ल्याएइको छ ।

७० जना ग्राहक क्षमता सहितको बार सँगै ५० जनाको क्षमता भएको बर्थ डे पार्टी हल र २५ जना अट्ने मिटिङ हल पनि संचालन गरिने सिक्का वारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालक मध्येका धिरेन साम्बाले बताए ।

सांगीतिक र पारिवारिक वातावरणमा खानपिन सहितको सुविधा सम्पन्न सो बार प्रणय दिवसको अवसर पारेर विहिवारबाट उद्घाटन गरी व्यावसाय सञ्चालन थालिएकोे संचालक सुब्बाले जानकारी गराए । पथरी र अन्य छिमेकी पालिकाका आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक वातावरणमा बसाउने हेतुका साथ बार संचालनमा ल्याउन लागेको संचालक धिरेन सुब्बाको भनाई छ ।

प्रत्येक शुक्रवार, शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुति सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको जनाइएको छ । वारमा युवा व्यवसायीहरु धिरेन साम्बा, सन्जीव गिरी , मिलन श्रेष्ठ, पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईको लगानी रहेको छ ।

सम्बन्धित खवर