न्यु प्यागोडाद्वारा शिक्षक र अभिभावक सहित १२ जनालाई सम्मान - Crazysaptahik.com

न्यु प्यागोडाद्वारा शिक्षक र अभिभावक सहित १२ जनालाई सम्मान

पथरीशनिश्चरे–१ मा अवस्थित न्यु प्यागोडा बोर्डिङ स्कुलले सोमबार आफ्नो २७ औ स्थापना दिवसको अवसरमा २ शिक्षक सहित १० जना अभिभावकलाई सम्मान गरेको छ ।
विध्यालयले विद्यार्थीको अध्ययनमा मात्र नभएर समग्र वृति विकासमा उल्लेखनीय भूमिका खेल्ने २ जना महिला शिक्षक गोमा तिम्सिना र सुशिला सुव्बालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । साथै विद्यालयले सोही अवसरमा कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरेका अभिभावकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नरवहादुर लिम्वु, कमल बस्नेत, कमल कार्की, काली ब. राई, पदम वा अधिकारी,गाँगा प्रसाद खरेल,तुलसी माया गुरुङ,ईश्वरी प्रसाद घिमिरे, रेनुका देवि थापा, हरी कुमार राई रहेका छन् । सम्मानित हुने अभिभावक हरुलाई विध्यालयले सम्मान पत्रले सम्मान गरेको थियो । यस्तै विद्यालयले वार्षिकोत्सवलाई भव्य बनाउनका लागि अभिभावकहरुलाई म्युजिकल चेयर,छेलो, हण्डी फोर खेलमा सहभागी गराई ती खेलहरुमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिभावकहरुलाई पनि पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यपक उद्घव निरौलाले जानकारी गराए ।

यस्तै प्रत्येक वर्ष उत्कृष्ट अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । सोको निरन्तरता स्वरुप विद्यालयले वार्षिकोत्सवको अवसरमा कक्षा गत रुपमा यस वर्ष उत्कृष्ट हुने पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ साथै उनीहरुलाई श्रेणीगत हिसावले मासिक सुल्कमा ७५, ५० र २५ प्रतिशत सम्मको छुट समेत दिएको विद्यालयका संस्थापक तथा विद्यालयका निर्देशक टिका दंगालले बताए ।

सम्बन्धित खवर