योजना अनुगमन् र सुझाव - Crazysaptahik.com

योजना अनुगमन् र सुझाव

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा हुँदै गरेका विकास निर्माणका योजना अनुगमन्का क्रममा नगरपालिकाको अनुगमन् टोलीले योजना चुस्त रुपमा सम्पन्न गर्न सुझाव समेत दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा फागुन ८ गते वडा नम्वर ३, ५, ८ र १० नम्वर वडाको योजनाहरु अनुगमन् गरेको हो ।

वडा नम्वर ३ को नारायण कोइरालाको घर छेउमा ३ लाखको लागतमा निर्मित कल्भर्ट, ५ को ३ लाखको लागतमा सुगा सुन्दरीचोक सडक स्तरोन्नती कार्यको अनुगमन् गरेको छ । सो सडक ३ किलोमिटर ८ सय मिटर स्तरोन्नती र नाला खन्नुपर्नेमा ३ किलोमिटर क्षेत्रमा काम भएको पाइएको छ । त्यहाँ थप काम गर्न उपभोक्ता समितिलाई सुझाव दिइएको छ । वडा नम्वर ८ को ३ लाखको बजेटमा मंगलबारेदेखि विसविघामा ६ सय ३० मिटर लामो ढल तथा सडक स्तरोन्नती गर्ने योजनामा सो लम्वाई ग्राभेल नभएकाले थप ग्राभेल गर्न सुझाव दिइएको समिति संयोजक वास्तोलाले वताउनु भयो ।

१० नम्वरमा ५५ लाखको डाँसखोला तटवन्धको यसअघिको योजनाको स्पर, ८ नम्वरको शुक्रवारे बजार दक्षिण मालिमेको घर हुँदै शुक्रवारे बजार जोड्ने सडक ग्राभेल र दुवैतर्फ नाला खन्ने काम सम्पन्न भएको पाइएको छ । ५ लाखको बजेट रहेको ९ सय ५० मिटर लम्वाईको योजना अनुगमन् भएको हो । ८ नम्वरकै मिलन आधारभूत विद्यालय पश्चिम रायटोलमा ८ सय ५० मिटर सडक स्तरोन्नती कार्यको पनि अनुगमन् भएको छ ।

सम्बन्धित खवर