भूमिप्रसाद पाठक
पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सव तथा ‘स्पोर्टस मिट’ कार्यक्रमको आयोजना गरिएको छ । ७, ८,९ र १० गते सम्म चलेको कार्यक्रममा १० गते पानसमा बत्ती बालेर प्रमुख अतिथिका रुपमा रहेका नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राई, विद्यालयका निर्देशक मदनबहादुर थापा र शिक्षक अभिभावक संघकी उपाध्यक्ष दिलमाया दर्लामीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रमुख अतिथिका रुपमा नगरपालिका प्रमुख राईले यस विद्यालयले उत्कृष्ट हस्तलेखनमा यस नगरमा अगुवाइ गर्ने समेत साथै यस नगरपालिकाले सक्दो सहयोग गर्ने वचनबद्धता समेत जाहेर गरे । विद्यालय प्रिन्सिपल दिनेश बरालले भने–‘विद्यालयलाई शैक्षिक गतिविधि,खेलकुदका साथै सम्पूर्ण विधामा विद्यार्थी केन्द्रित उत्कृष्ट नतिजा दिने’ घोषणा गरे । गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरियो । विशिष्ट अतिथिका तर्फबाट नगर प्याव्सन अध्यक्ष उपेन्द कँडेलले आफ्नो धारणा राखेका थिए । स्वागत मन्तव्य विद्यालयका सहनिर्देशक खगेन पुलामिले राखेका थिए । अभिभावकको तर्फबाट हेमानन्द गिरी(शङ्कराचार्य), विद्यार्थीका तर्फबाट कक्षा–९ की छात्रा मनिका चौधरीले राखेकी थिइन ।
सोही कार्यक्रममा विद्यालयका निर्देशक मदनबहादुर थापाले स्कुलको भावी योजना प्रस्तुत गरेका थिए भने उनले मोरङ्कै उत्कृष्ट विद्यालय बनाउने घोषणा गरे । यस वर्षको मेहनेती तथा परिश्रमी शिक्षकका रुपमा शिक्षक चन्द्र भण्डारी र शिक्षिका टीका मगरलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । त्यसैगरी अभिभावकको खेलतर्फ महिला म्युजिकल चियर प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो क्रमशः गीता धिताल,प्रनिसा धिमाल र ममता चौधरी भए । त्यसरीनै अभिभावकको सट्पुट तर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः खगेन्द्र लिम्बु, धनबहादुर राना र दीपक धिमाल भएका छन् ।
कार्यक्रममा बर्षैभरिका विभिन्न शैक्षिक गतिविधि खेलकुदमा भाग लिएका प्रथम,दोस्रो, तेस्रो भएकालाई ट्रफी,सिल,कदरपत्रद्धारा प्रमुख अतिथि,विशिष्ट अतिथि, विद्यालयका निर्देशक,प्रिन्सिपलबाट पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघकी उपाध्यक्ष दिलमाया दर्लामीले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शम्भुराज घिमिरेले गरेका थिए । विद्यालयको तर्फबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।