भव्य र सभ्यताका साथ वार्षिकोत्सव मनाउंदै एभरेष्ट - Crazysaptahik.com

भव्य र सभ्यताका साथ वार्षिकोत्सव मनाउंदै एभरेष्ट

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–१ मा अवस्थित पथरी क्षेत्रको पहिलो निजी विद्यालय एभरेष्ट माध्यमिक विद्यालयले ३ दिने विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्यताका साथ मनाउँदैछ ।
शनिबार, आइतबार र सोमबार ३ दिनसम्म आयोजना हुने सो कार्यक्रमको पहिलो दिन आज (शनिबार) अभिभावकहरुका बीच विभिन्न खेलहरु खेलाइएको थियो । यस्तै विद्यार्थीका अभिभावकहरु बीच छेलो, डोरी तान्ने, म्युजिकल चियर, हन्डी फुटाइ, सियोमा धागो उन्ने लगायतका खेलहरु खेलाइएको थियो । सो प्रतियोगितामा बिजेता अभिभावकहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको थियो । कार्यक्रमको दोस्रो दिन आइतबार शैक्षिक प्रदर्शनी रहने बताइएको छ । विद्यार्थीहरुद्वारा विज्ञान, प्रविधि, सामाजिक, भौगोलिक लगायतका समसामयिक बिषयहरु समेटिएको प्रदर्शनी आयोजना हुन लागेको विद्यालयले जानकारी दिएको छ । पथरीशनिश्चरेका विभिन्न निजी तथा सामुदायिक विद्यालयको विद्यार्थीहरुले समेत अवलोकन गर्ने बताइएको छ । प्ले ग्रुपदेखि कक्षा–१२ सम्मका विद्यार्थीले तयार पारेको विभिन्न विषयबस्तु प्रदर्शनीमा समेटिने विद्यालयका निर्देशक रविन कन्दङ्वाले जानकारी दिनुभयो ।


कार्यक्रमको समापनको दिन सोमबार सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विभिन्न अतिथिहरुको उपस्थितिमा भव्य रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव समापन गरिने बताइएको छ । विद्यार्थीहरुले विभिन्न जात जाति, भेषभुषा, धर्म संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिहरु पनि दिनेछन् । समापनकै दिन गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने छात्र/छात्राहरुलाई मेडल, ट्रफी र प्रमाण–पत्र सहित पुरस्कृत गरिनेछ । विद्यालयले प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः सतप्रतिशत, पचास प्रतिशत र पच्चीस प्रतिशत छात्रवृत्ति दिदैं आएको छ । साथै वर्षभरि विभिन्न खेलकुद प्रतियोगितामा सफल विद्यार्थीहरुलाई समेत सम्मान र पुरस्कार वितरण गर्ने बताइएको छ ।

सीडीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्कीको प्रमुख आतिथ्य र बिद्यार्थी अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रममा विद्यालयका सम्पूर्ण पूर्व विद्याथीहरुको पनि उपस्थिति रहने विद्यालयले जानकारी दिएको छ । एभरेष्टले हरेक वर्ष आफ्नो वाषिकोत्सवलाई भव्य र सभ्य तरिकाले मनाउँदै आएको छ ।

सम्बन्धित खवर