क्रेजी समाचारदाता
पथरी, मंगलबार
पथरीशनिश्चरे–१ मा अवस्थित कला र साहित्यको क्रियाशील संस्था ‘एभरेष्ट आर्ट फ्यूजन’को अध्यक्षमा निश्चल सुवेदी चयन भएका छन् ।
सोमबार फ्यूजनको छैटौं साधारणसभाले २ वर्षे कार्यकालका लागि सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचित नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन सेन्चुरी, सचिवमा भूमिप्रसाद पाठक र कोषाध्यक्षमा सीता राई रहेका छन् ।
यस्तैगरी सदस्यहरुमा, राजेन्द्र विवश भट्टराई, भरत तामाङ, ओमप्रकाश शर्मा, दिलमान बेघा, टीका लुइटेल, विवेक न्यौपाने र यशोदा लिम्बु चयन भएको निर्वाचन समिति संयोजक भवानीप्रसाद दुलालले बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य एवम् संस्थाकी संस्थापक अध्यक्ष सरोजा खड्गी, संस्थाका सल्लाहकार भूपेन्द्र तिम्सिना, निवर्तमान अध्यक्ष टीकाराम राई, नगरपालिकाको कला साहित्य प्रवद्र्धन समितिका सचिव रोहित पराई सहितले कार्यक्रममा मन्तव्य राखेका थिए ।
संस्थाले पछिल्लो आर्थिक वर्षमा १ लाख ६४ हजार २ सय ५२ रुपैयाँको आम्दामी र १ लाख ४८ हजार ६ सय २८ रुपैयाँ खर्च भएको आयव्यय विवरण प्रस्तुत गरेको छ । उक्त अवसरमा, बेलबारीस्थित भाउन्नेमा सृजनापार्क निर्माणमा रहनुभएका मूर्तिकारहरु राजन काफ्ले, सुनिता राणा, बुद्ध चौधरी, गंगाधर सारु, अभिजित कान्तिदास, राजु पिठाकोटे तथा एक जना विदेशी कलाकारको भेटघाट कार्यक्रम समेत भएको छ ।