पथरीशनिश्चरे १ मा १५ सयले औषधि खाए - Crazysaptahik.com

पथरीशनिश्चरे १ मा १५ सयले औषधि खाए

पथरी । पथरीशनिश्चरे नगरमा हात्तीपाइले विरुद्धको अभियान अन्तर्गत बुधबार १ नम्वर वडामा १ हजार ५ सय जनाले औषधि सेवन गरेका छन् ।
१ नम्वर वडाको सहरी स्वास्थ्य केन्द्रमा २ सयले, एभरेष्ट बोर्डिङमा ८ सय विद्यार्थी र न्यू पेगोडा बोर्डिङ ५ सय विद्यार्थीले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । वडा नम्वर ५ र ६ मा ५ सयले औषधि सेवन गरेको पनि उहाँले जानकारी गराउनु भयो ।
अन्य वडाको तथ्यांक भनें आइनसकेको उहाँले बताउनु भयो । १० वडाका १० केन्द्रमा बुधबार औषधि खुवाउन सुरु गरिएको र विहिबारदेखि घरघरमा गएर औषधि खुवाउने अभियान छ ।

सम्बन्धित खवर