नगर प्रमुखले औषधि खाएर कार्यक्रमको उद्घाटन - Crazysaptahik.com

नगर प्रमुखले औषधि खाएर कार्यक्रमको उद्घाटन

पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर बुधबार नगरमा हात्तीपाइले निवारण अभियानको उद्घाटन् भएको छ ।

नगरपालिका कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख राईका साथै उहाँकी श्रीमती शान्तादेवी राईका साथै नगर उपप्रमुख यमुना विष्ट बास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले औषधि खाएपछि अभियानको उद्घाटन् गरिएको थियो ।उक्त अवसरमा बोल्दै नगर प्रमुख राईले औषधिले असर पार्ने भ्रमलाई चिरेर विश्वस्वास्थ्य संगठनबाट मान्यता प्राप्त गुणस्तरीय औषधि आफूले पनि सेवन गर्ने र अरुलाई पनि सेवन गराउने अभियानमा सवै लाग्न आह्वान समेत गर्नुभयो ।

उद्घाटनपछि वडा नम्वर १ का लागि तोकिएको शहरी स्वास्थ्य केन्द्रमा समाजका अगुवा वीरवहादुर बस्नेत, शिक्षक अगुवाहरु रुपनारायण भट्टराई, अर्जुनकुमार बुढाथोकी, टीकाप्रसाद दंगाल, उपेन्द्र कँडेल सहितले औषधि सेवन गर्नुभयो ।

मजदुरका केन्द्रीय अगुवा तुलसीराम ढकाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, सूचना संयोजक भूपेन्द्र तिम्सिना, पथरी जेसीज अध्यक्ष मानबहादुर दियाली, बैंकका कर्मचारी, नगरपालिका कर्मचारी सहित समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सो अवसरमा औषधि सेवन गरेका छन् । यस्तै नगरका १० वटा वडामा १० वटा केन्द्र बनाई बुधबार औषधि खुवाउने अभियानमा वडाध्यक्ष र वडा सदस्यहरुको अग्रसरता जनाउनु भयो ।

सम्बन्धित खवर