खल्तीमार्फत बिद्युत महशुल बुझाउँदा कमिसन पाउने् - Crazysaptahik.com

खल्तीमार्फत बिद्युत महशुल बुझाउँदा कमिसन पाउने्

क्रेजी साप्ताहिक । डीजिटल भुक्तानि सेवाप्रदायक कम्पनि खल्ती डिजीटल वालेटले आफ्ना खल्ति पसलहरुका लागि नया अफर ल्याएको छ । खल्ती पसलेहरुले खल्तीमार्फत बिद्युत महशुल भुक्तानि गर्दा कमिसन पाउने सुविधा सो कम्पनीले ल्याएको हो ।

सो मोवाइल एप खल्तीमार्फत पसलेहरुले दैनिक ३५ हजार भन्दा बढीको बिल भुक्तानीमा रु १००, दैनिक रु ७० हजार भन्दा बढीको बिल भुक्तानिमा रु २५० र दैनिक १ लाख भन्दा बढीको बिल भुक्तानिमा रु ५ सय कमिसन दिने भएको हो । पसलेहरुले सो भुक्तानि एक बिल मात्र नभइ जतिसुकैवटा बिल भए पनि सो मुल्य पु¥याउँदा कमिसन पाउनेछन् । भुक्तानि एक दिनमै गरिसक्नुपर्ने कम्पनिले जनाएको छ ।

सम्बन्धित खवर