चीनले भन्यो ‘वुहानमा नेपाली सुरक्षित छन - Crazysaptahik.com

चीनले भन्यो ‘वुहानमा नेपाली सुरक्षित छन


क्रेजी साप्ताहिक । चीनको वुहानमा रहेका नेपालीहरु सुरक्षित रहेको चीनले बताएको छ । चीनको बहुनाबाट कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ ।

चीनको विदेश मन्त्रालयले शनिबार विज्ञप्तीमा उल्लेख गरेअनुसार उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको छ । चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ । चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खवर