२० औं पटक गर्भवती भएकी महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा - Crazysaptahik.com

२० औं पटक गर्भवती भएकी महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा


क्रेजी साप्ताहिक एजेन्सी । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिएकी छिन् । बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो । समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड जिल्लास्थित मझलगाउँमा उक्त घटना भएको हो । उक्त गाउँको उखुबारीमा काम गर्नका लागि महाराष्ट्रबाट उनी गएकी थिइन् ।

ती महिला हालसम्म २० औं पटक गर्भवती भएकोमा १७ वटा बच्चा उनले जन्माएकी छिन् भने तीन पटक गर्भ खेर गएको थियो । तर १७ वटा बच्चा जन्माए पनि अहिले उनले ११ वटा सन्तान मात्रै जीवित छन् । जसमा ९ छोरी र २ छोरा छन् । पाँच सन्तानको भने मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर