गृहमन्त्रालयको आदेशपछि कञ्चनपुर धमाधम छाउगोठ भत्काइदै - Crazysaptahik.com

गृहमन्त्रालयको आदेशपछि कञ्चनपुर धमाधम छाउगोठ भत्काइदै


क्रेजी साप्ताहिक । कञ्चनपुरका छाउगोठ धमाधम भत्काउन थालिएको छ । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टोलीले छाउगोठ भत्काउने अभियान अन्तर्गत कञ्चनपुरमा दुई सय २० वटा छाउगोठ भत्काएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिका र पुर्नवास नगरपालिकामा छाउगोठ भत्काइएको छ ।

स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधिको सहभागीतामा जिल्लाभरीका दुई सय २० छाउगोठ भत्काइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले जानकारी दिए । उनले अभियानको पहिलो चरणमा छाउगोठहरु भत्काउने काम सम्पन्न भएको बताउँदै फेरि पनि छाउगोठ बनाएको भेटिए कानुनी कारवाही गरिने बताए । कञ्चनपुरमा यसअघि पनि गैरसरकारी संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाएका थिए ।

 

सम्बन्धित खवर