सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिको तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न - Crazysaptahik.com

सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिको तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका भित्र रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिले वडा स्तरीय भेला तथा तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समिति वडा नम्बर ९ का संयोजक उदय लिम्बुको सभापतित्व तथा सघर्ष समिति अध्यक्ष मौसम लिम्बुको प्रमुख आतिथ्यमा सम्मपन सो कार्यक्रममा वडा नम्बर ८ र ९ मा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको हरुको समस्या र आउने दिनमा सो समस्या निराकरणका विषयमा र वडामा रहेका सुकुम्बासीहरुको तथ्याङ्क संकलनका बारेमा छलफल गरिएको थियो ।

समितिका उपाध्यक्ष ज्ञान बहादुर राई , समितिका सल्लाहकार छत्र बहादुर अधिकारी लगायतको आतिथ्यता रहेको कार्यक्रममा सुकुम्बासीहरुको समस्या हरुका बारेमा समितिका अध्यक्षसाथै कार्यक्रमका प्रमुख अतिथि मौसम लिम्बुले ‘अवको ६ भित्रमा दुई तिहाईको सरकारले जोत भोग तथा बसोबासको आधारमा विना राजश्व शुल्क लाल पुर्जा वितरण नगरिए चरणबद्ध आन्दोलनको घोषणा गरिने र सो आन्दोलनमा सबै सुकुम्बासीहरुलाई आएर आफ्नो अधिकार खोज्न आह्वान गरे’ ।

यस्तै कार्यक्रममा बोल्दै समितिका उपाध्यक्ष ज्ञान बहादुर राईले सघर्षरत समिति फुट्यो भन्ने हल्ला निराधार रहेको र वास्तविकता भने नगरपालिकाले सहजीकरणको लागी सुकुम्बासी तथा अव्यवस्थित नगर पहल समिति गठन गरी नगरपालिका बचाउने अभियानमा लागेको हुँदा सुकुम्बासी तथा अव्यवस्थितको तर्फवाट बनेको सघर्ष समिति फ्ट्यो भन्नु आपत्तीजनक भएको बताए । कार्यक्रमका सभापती तथा सघर्ष समिति वडा नम्बर ९का संयोजक उदय लिम्बले नगरपालिकाले विभिन्न आयोग गठन गरी लालपुर्जा दिन्छौँ भनी प्रतीघर ५०० उठाएको तर पुर्जा नदीएकोले सो रकम नगरपालिकाले फिर्ता गर्नुपर्ने अन्यथा नगरपालिका घेराउ गर्नुपर्ने अवस्था आउने भन्दै काक्रोस व्यक्त गरे ।

संघर्ष समितिले केहि हप्ता हगाडि बाट नगरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङ्क संकलन गरीसकेको छ । हालसम्म वडा नमबर १० बाट अनुमानीत सात सय भन्दा बढि घरधुरीको तथ्याङ्क संकलन गरीसकिएको र वडा नम्बर ८ र ९ मा अनुमानित ३ सय घरधुरीको तथ्याङ्क संकलन गरीएको बताईएको छ । सोहि कार्यक्रम अन्य वार्डमा पनि गरिने र तथ्याङ्क संकलन कार्यक्रममा नि शुल्क नाम टिपाउन सघर्ष समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई अनुरोध गरेको छ । सघर्ष समितिका युवा संयोजक सुदेशचन्द« मण्डलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सघर्ष समितिका सचिव कुवेरमान घतानिले गरेका थिए ।

सम्बन्धित खवर