सुनसरी दुर्घटना अपडेट ः मृत्यु हनेको संख्या ५ पुग्यो, १४ जना घाईते ( नामावली सहित ) - Crazysaptahik.com

सुनसरी दुर्घटना अपडेट ः मृत्यु हनेको संख्या ५ पुग्यो, १४ जना घाईते ( नामावली सहित )


क्रेजी साप्ताहिक । सुनसरीको रामधुनी नगरपालिका–२ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आज बिहान साँढे ७ बजे एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको थियो । अहिले मृतको संख्या ५ पुगेको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर(७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको रहेका छन् ।

उक्त दुर्घटनामा परी हायसमा सवार मोरङ पथरीका ४९ बर्षीय डिल्लीराम बास्कोटा, झापा कचनकवलका २५ बर्षीय कृष्ण चौहान, काठमान्डौ अनामनगरकी ७ बर्षीया अग्रिता श्रेष्ठ, २८ बर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० बर्षीय बम बहादुर बस्नेत, झापा चन्द्रगढीका १२ बर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ बर्षिय होम बहादुर कार्की, झापा भद्रपुरकी ४१ बर्षीय तारा कुमारी राय, ३८ बर्षीय माया काफ्ले, ३५ बर्षीया साबित्रा राई र हायसका सह चालक सोलुखुम्बुका २३ बर्षीय केदार बस्नेत घाईते भएका छन् । घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल ईटहरी, कार्कीको धरानको घोपामा र अन्य घाईतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

यसैगरी बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ बर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ बर्षीय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ बर्षीय राजकुमार शर्मा घाईते भएका छन् । बसमा सवार रहेका यि तिनै जना घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर