क्रेजी साप्ताहिक । प्रदेश नम्बर १ को जिल्लामध्येका ३ जिल्लामा हातीपाइले रोग बिरुद्धको औषधी खुवाइने भएको छ । प्रदेश नं १ का ३ जिल्ला ( झापा, मोरङ र धनकुटा) मा हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सो औषधी खुवाइने भएको हो । यसै अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि औषधी खुवाइने एक कार्यक्रममार्फत जानकारी गराइएको छ । आइतबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २५ गतेबाट यसको औपचारिक उदघाटन गरी एक साता सम्म अभियान सञ्चालन गरीने नगर प्रमुख दिलीप कुमार राईले बताए ।
यो अभियानमा सम्पुर्ण नगरबासीले साथ दिई नगरलाई हाती पाईले रोग उन्मुलन नगर बनाउन पनि आव्हान गरेका छन् । सोही अभियान अन्तर्गत गत बर्षको औषधी खुवाउने अभियानमा उत्कृष्ट नगर भएको बताए । नगर अस्पतालका डाक्टर सावन मेहताले हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधि पूर्णरूपमा सुरक्षित भएकोे बताएउदै कोही पनि भ्रममा पर्न नहुने बताए । उनले सामान्य टाउको दुखे, वान्ता आउन खोजे सो रोग विरुद्ध औषधीले काम गरेका ठान्न अनुरोध गरेका छन् तर, हात्तीपाइले रोगको औषधि खाली पेटमा सेवन गर्न हुँदैन उनले भने ।
दुई वर्ष उमेर नपुगेका बालालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलोजोको, मृगौला र फोक्सोको दीर्घ रोग, छारे रोग भएका विरामीले भने यो औषधि खान नहुँने डा. मेहेताको भनाई छ । हातीपाइले रोगको औषधी ६ वर्ष सम्म खुवाए पुग्ने भनिएता पनि बिगत ९ वर्ष देखि नगरमा खुवाईदै आइरहेको छ । सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ ।