क्रेजी साप्ताहिक । मोरङको पथरीशनिश्चरे १ को धार्मिक पर्यटनकोस्थल बन्दै गएको भूल्के मन्दिर जोडने सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ । नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यतामा सडक शिलान्यास गरेकी हुन ।
जाते मोड उत्तरबाट पश्चिम हुँदै भूल्के मन्दिरसम्मको ७ सय ५० मिटर लम्बाईको सो सडकका लागि नगरपालिका कार्यालयको भ्याट सहितको ४६ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाइएको छ । सो शान्ती भूल्के मार्गको जयभवानी निर्माण सेवाले सडक निर्माणको ठेक्का लिएको छ ।