क्रेजी साप्ताहिक पथरी । आफ्नै छोरी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीले जबरजस्ती करणिको आरोपमा पथरीशनिश्चरे ६ का अधिकारी थरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पथरी प्रहरीका अनुसार पिडकले आफ्नै छोरीलाई गतहप्ता जबरजस्ती करणिको प्रयास गरेका थिए । छोरी कै उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पिडकलाई बलात्कार मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।