डाक्टरको लापरबाहीले ८ वर्षीय बालिकाको मृत्यु - Crazysaptahik.com

डाक्टरको लापरबाहीले ८ वर्षीय बालिकाको मृत्यु


क्रेजी साप्ताहिक । उपचारका लागि मेडिकल कलेजमा पु‍¥याएको आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार राति १२ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका २ बैजलपुरकी सुविका थापामगरलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ ।

नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताइन् । शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाको मृत्यु भएको हो । पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पुर्‍याइएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताइन् । भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताइन् ।

८ घण्टासम्म डाक्टर नआएपछि बिरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले बताइन् । ८ घण्टासम्म न डाक्टर आएर चेकजाँच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए,उनले भनिन्, अस्पतालको लापरबाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ । सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् ।

सम्बन्धित खवर