छाउगोठ भत्काउन खोज्दा हवल्दारमाथि कुटपिट - Crazysaptahik.com

छाउगोठ भत्काउन खोज्दा हवल्दारमाथि कुटपिट


क्रेजी साप्ताहिक डोटी । अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउन खोज्दा हवलदारमाथि कुटपिट भएको छ । जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहित पुगेको टोलीले छाउगोठ भत्काउन खोज्दा स्थानिय एक महिलाले अवरोध गरेकी थिइन् ।

तर प्रहरीले भत्काउन थालेपछि आक्रोशित महिलाले प्रहरी हबल्दार कैलामाथी दाउरा प्रहार गरिन् । अहिले उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.