क्रेजी सप्ताहिक झापा । झापाको बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा जलेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । डीएसपी मुकुन्द रिजालले कुन्युसँगै जलेको अवस्थामा पुरुषको शव भेटिएको पुष्टि गरे । प्रहरीले घटनास्थल घेरा हालेको छ ।
‘तालिम प्राप्त कुकुर मगाइएको छ’, त्यसैका आधारमा अनुसन्धान सुरु हुन्छ’, उनले भने । मृतकको परिचय खुल्न बाँकी छ । स्थानयीयले मंगलबार बिहान खेतमा शव देखिएछि प्रहरीलाई खबर गरेका थिए । घटनावारे अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी सटर भाडामा लिएर बस्दै आएका थिए । घटनास्थलमा सटरको चावीसमेत भेटिएको स्थानीयले बताएका छन् ।