अवैध सुनसहित भारतीय नागरिक पक्राउ - Crazysaptahik.com

अवैध सुनसहित भारतीय नागरिक पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । अवैध सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले मोरङको विराटनगर–१७ स्थित रानीभन्सार गेट नजिकैबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिक रहेका छन् ।

अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनसुन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.