उर्लाबारीका पत्रकार खड्कालाई ज्यान मार्ने धम्की - Crazysaptahik.com

उर्लाबारीका पत्रकार खड्कालाई ज्यान मार्ने धम्की


क्रेजी साप्ताहिक उर्लाबारी । उर्लाबारीका पत्रकार तेजन खड्कालाई सामाजिक सन्जाल मार्फत ज्यान मार्ने धम्की आएको छ । पत्रकार खड्कालाई ybf kont नामको फेसबुक आइडिबाट घाँटी काट्ने सम्मको धम्की आएको हो । ‘तेरो घाटि चाडैं छिन्छ, पख मा….. ने त जहाँ भए नि सेभ छैननस’ म्यासेजमा लेखिएको छ, ‘तेरो टाउको छिनाल्छु, … जि मेरो यो च्यालेन्ज भयो ।’फेसबुकमा म्याजेस आएसगै पत्रकार तेजनले प्रहरी प्रशासन सामु सत्य तथ्य छानबिनका लागि उजुरी दर्ता गराएका छन । कस्ले र किन यस्तो हर्कत गर्यो भन्नेबारे आफु अनभीज्ञ रहेको पत्रकार खड्काले बताए ।

सत्य तथ्य समाचार लेख्दा गाली गौलज आकै हो , तर मार्छु भनेर चाहिँ पहिलो यस्तो धम्की आयो, खड्काले भने, पछाडि बाट हैन अगाडि आउ फेस गर्न तयार छु । यसैबिच खड्कालाई यस्तो धम्कि आएपछि उर्लाबारी अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सन्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उजुरी दिएका छन् । पत्रकार चौहानले भने, समाचारमा चित नबुझे कानुनी कारबाही खोज्नु, तर यस्तो धम्की दिन पाइदैन । उर्लाबारीका प्रहरी प्रमुख सुबास राइले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.