यो वर्ष डीपीएल नहुने - Crazysaptahik.com

यो वर्ष डीपीएल नहुने

क्रेजी साप्ताहिक । यो वर्ष चौथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता नहुने भएको छ । क्रिकेट टिमको व्यस्तताका कारण यो बर्ष नेपालीमा राष्ट्रिय प्रतियोगिता यो वर्ष नहुने भएको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता आगामी कात्तिक ८ देखि २२ गतेसम्म हुने जानकारी गराएका हुन्।

तेस्रो संस्करणको प्रतियोगिता गत वर्ष माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टिममा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।

सम्बन्धित खवर