क्रेजी साप्ताहिक । मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि कार्की दाजुभाईले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् ।
बुधबार वडा कार्यालयले राखेको भेलामा आवेदक स्थानीय समाजसेवी दिलबहादुर कार्की र गोपाल कार्की दाजुभाईले रु ३० लाख मूल्य पर्ने २ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्ने सहमति गरेका छन् । उनीहरुले आफ्ना बुबा हरिश्चन्द्र कार्कीको स्मृतिमा ऐयावारीस्थित त्रिवेणीचोक पूर्वदक्षिणमा रहेको सो जग्गा स्वास्थ्य केन्द्रको भवनका लागि दान गर्ने सहमति गरेका हुन् । वडाध्यक्ष सागर राई सहित वडा सदस्यहरुको उपस्थितीमा सर्वपक्षीय भेलामाझ कार्की दाजुभाईको सो जग्गा वडाले ग्रहण गर्ने निर्णय भएको हो ।