एलिना दियाली । ओएस अवार्ड बिजेता गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो? सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र चलचित्र शान्तीका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ ।
लोकप्रिय गायक बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरन्द्र बसेलेको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफरटफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ। पिरती नाप्ने के ले हो? बोलको रोमान्टिक डान्स गीतको भिडियोलाई चर्चित निर्देशक निशान घिमिरेले गर्नुभएको हो । ताप्लेजुङको सिनाममा जन्म भै हङ्गकङ्गमा बसोबास गर्दै आयेका बसन्त थेबेको लगानीमा निर्मित म्युजिक भिडियो र गीतलाई दर्शक श्रोताले मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ ।
भिडियो तल हेर्नुहोसः