टिप्परको ठक्करबाट दुईजनाको मृत्यु - Crazysaptahik.com

टिप्परको ठक्करबाट दुईजनाको मृत्यु

क्रेजी साप्ताहिक । आज बिहान काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.