सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना - Crazysaptahik.com

सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना

क्रेजी साप्ताहिक

नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण प्रसारण भईरहेकोछ । देशका विभिन्न भागहरुमा पुगेर गायन प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो

यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले औधी रुचाएका थिए । प्रथम संस्करणमा पोखराका बुद्ध लामाले उपाधि जितेका थिए भने गएको बर्ष दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अहिले नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

प्रदेश नं १ लाई कलाकारिताको उर्बर भुमिका रुपमा लिन सकिन्छ । हालसम्म भएका सबै रियलिटी शोमा प्रदेश नं १ बाट सहभागि भएका प्रतिसपर्धीहरुले राम्रै चर्चा कमाइरहेका छन् । अहिले नेपाल आइडलको यो संस्करणमा पनि झापाकी चेली रचना रिमालले दर्शकको मन जित्दै गइरहेकी छिन् । उनले टप ११ को गत हप्ताको प्रस्तुतिको आधारमा जजहरुको मार्क र दर्शकको भोटको आधारमा सबैभन्दा धेरै भोट प्राप्त गर्दै टप १० मा प्रबेश गरेकी छिन् ।

सम्बन्धित खवर