क्रेजी साप्ताहिक विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताले जानकारी दिएका छन् ।
दिउसो करिब १२ बजे शव फेला परेको उनले बताए । शवको पहिचान नखुलेको र घट्नाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।