बिर्तामोडमा जलेको अवस्थामा भेटिएका मृतकका हत्यारा पक्राउ - Crazysaptahik.com

बिर्तामोडमा जलेको अवस्थामा भेटिएका मृतकका हत्यारा पक्राउ


क्रेजी साप्ताहिक
काठमाडौं । झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको हत्या गरी जलाइएको रहस्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो ।  विर्तामोड २ चारपानेमा माघ २१ गते विहान शेखको शव जलाएको अवस्थामा भेटिएको थियो ।

मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरु फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुंगाले हानेका थिए । ढुंगा लागेर बेहोस भएपछि करण र लक्ष्मणले घिसारेर खेतमा लगे ।

चक्कुले शेखको संवेदनशील अंग काटेर फाले र परालले छोपेर आगो लगाए । पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मर्छ भनेर संवेदनशील अंग काटेर फालेको बताएका छन् । प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ र थप अनुसन्धान गरी कारबाही अगाडि बढाएको बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.