
क्रेजी साप्ताहिक । ३ महिनाअघि मोरङको बेलबारीबाट हराएको मोटरसाइकलल फेला पारी सवारीधनीलाई बुझाइएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल फेला पारी बेलबारी प्रहरीले सवारीधनीलाई बुझाएको हो ।
बेलबारी ३ का २४ बर्षिय योगेन्द्रबहादुर न्योपानेको वाईबी ७४ एभी ३२२२ नम्बरको केटीएम डुक कम्पनीको मोटरसाईकल परीवर्तित नम्बर प्रदेश नम्बर १–०१–०१२ प ३२२० भएको मोटरसाईकल फेला पारी सवारीधनीलाई बुझाईएको हो । ईलाम नगरपालिकामा मोटरसाईकल फेला पारी २३ गते (बिहिबार) सम्बन्धित ब्यत्तिलाई मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए ।

