
क्रेजी साप्ताहिाक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा आगामी फागुन १०गते हुने भएको छ । नगरप्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले फागुन १० गते छैटौं नगरसभा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाइले जानकारी दिए ।
साथै वैठकले हात्तीपाइले विरुद्ध घर घरमा गएर औषधि खुवाउने अभियानको माघ २४ गते नगरपालिका कार्यालयमा उद्घाटन् गर्ने र २५ गतेदेखि सवै वडामा कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ । नगर प्रमुखको संयोजकत्वमा नगरको बसोबासको समस्या समाधानका लागि पहल गर्न सर्व पक्षीय सहभागितामा विभिन्न मन्त्रालयहरुमा ध्यानाकर्षण गराइएको समेत वैठकमा जानकारी गराइएको छ । .

