पथरीमा बस दुर्घटना, १८ घाइते - Crazysaptahik.com

पथरीमा बस दुर्घटना, १८ घाइते


क्रेजी साप्ताहिक  पथरी । मोरङको पथरीशनिश्चरे स्थित बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जाँतेबाट पथरीतर्फ आउँदैगरेको को १ ख ७९५३ नंबरको बस सोमबार दिउँसो करिब ४ बजे समयमा विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा ३५ जना सवार थिए । दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक लेटाङ ९ बस्ने २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.