
क्रेजी साप्ताहिक काठमाडौं । रमेश बाहुन नामले चर्चित गुण्डा नाइके सुजन पौडेललाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो । यद्यपि, प्रहरीले उनलाई भारतमा पक्राउ गरेको त्यसअघि नै सार्वजनिक भएको थियो ।

