
क्रेजी साप्ताहिक । लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागि हुँदा घर जलेर पूर्ण रूपमा नस्ट भएको छ । आज विहान ११ बजे समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो ।

सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएको २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियको सहयोगमा करिव एक घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिए ।
घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिए ।

पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिए । पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गरेका छन् । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गरेका हुन् ।

