बेलबारीमा आगलागी, दमकल नहुँदा क्षति बढ्दो - Crazysaptahik.com

बेलबारीमा आगलागी, दमकल नहुँदा क्षति बढ्दो


क्रेजी साप्ताहिक
बेलबारी । शुक्रबार राति मोरङको बेलबारी ३ मा अर्जुन सुवेदीको पराल सहितको गोठमा आगलागी भएको छ । आगलागीमा गोठ, पराल र त्याँहा रहेका काठपात जलेर नष्ट भएका छन् । क्षतिको यकिन बिवरण हालसम्म प्राप्त भएको छैन ।

राति करिब १० बजेतिर भएको आगलागी के कारण भएको भन्ने समेत खुलिनसकेको प्रहरीले जनाएको छ । आगो ईटहरी तथा सुन्दरहरैचाबाट आएको दमकलले नियन्त्रणको प्रयास गरेको थियो । बेलबारी नगरपालिकाले केही दिनअघि खरिद गरेर ल्याएको दमकल भने नगरपालिका भित्रै थन्किएको छ । समयमा दमकल नहुँदा र बेलबारीमै दमकल हुँदा पनि पर्दा प्रयोग नभएको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.