युनियनका महासचिव शिवाकोटीले गरे पत्रकार शर्माको परिवारलाई सहयोग हस्तान्तरण - Crazysaptahik.com

युनियनका महासचिव शिवाकोटीले गरे पत्रकार शर्माको परिवारलाई सहयोग हस्तान्तरण


क्रेजी साप्ताहिक । बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन् ।

उनले सुर्खेतस्थित मृतक शर्माको घरमै पुगी पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् । साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो। शर्माको आमा र बहिनी छन्। परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.