मेयर चौधरी र चौलागाई बिच सहमति - Crazysaptahik.com

मेयर चौधरी र चौलागाई बिच सहमति


क्रेजी साप्ताहिक । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र इटहरी खाने पानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईबीच शुक्रबार सहमति भएको छ ।

लामो समयदेखि विभिन्न बिषयमा विवाद तथा वाकयुद्ध चल्दै आएको उनिहरू बिच नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भिम प्रसाद आचार्य लगायतका नेकपा नेताहरुको उपस्थितिमा भएको बैठकबाट सहमति भएको बताइएको छ । मेयर चौधरी र चौलागाई बीचको विवादले पार्टी संगठन असर परेको भन्दै सहमतिमा ल्याएको बताइएको छ । चौलागाईलाइ खानेपानीको पाइप, ट्याङ्की निर्माण र जग्गा खरिदमा भ्रष्टाचार गरेको र ऐलानी जग्गा कब्जा गरे घर बनाएको लगायतका आरोप चौधरीले लगाउँदै आएका थिए ।

त्यस्तै चौलागाईले चौधरी एकजना मानसिक रोग बिशेषज्ञको निगरानीमा नियमित औषधी खाईरहेको भन्दै उनले मानसिक सन्तुलन गुम्दा र नियमति औषधी नहुँदा मनपरी बोल्ने गरेको आरोप लगाउदै आएका थिए । त्यस्तै विवादले उनिहरू बिच लामो समय देखि आरोप प्रत्यारोप चलिरहेको छ ।त्यसैगरि केहि समय यता मेयर चौधरी भ्रष्टाचार बिरोधि अभियानमा लागेको भन्दै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् । उनले भ्रष्टचार बिरोधी मेयरका रुपमा परिचय बनाएको समेत देखिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.