क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपी शर्मा ओली डटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । उनको व्यक्तिगत जानकारी समेटिएको उक्त वेभसाइटको डोमेन एक्स्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।
सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको हो । उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ ।
यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ ।