लिभरपुललाई २५ अंकको अग्रता - Crazysaptahik.com

लिभरपुललाई २५ अंकको अग्रता

क्रेजी साप्ताहिक । साडियो मानेले गरेको एक मात्र गोलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटामाथि २५ अंकको अग्रता बनाएको छ । शनिवार राति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हरायो ।

लिभरपुलका लागि खेलको ७८ औं मिनेटमा मानेले गोल गरे । उनले कप्तान जोर्डन हेन्डरसनको पारसमा गोल गरेका हुन् ।भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएको हो । लगातार १७ औं जित हात पारेको लिभरपुलको यस सिजनको यो २५ औं जित हो ।

यस सिजन एकमात्र बराबरी खेलेको लिभरपुलले २६ खेलबाट ७६ अंक जोडेको छ । लिभरपुललाई अब उपाधि पक्का गर्न बाँकी रहेको १३ मध्ये ५ खेल जिते पनि पुग्छ । दोस्रो स्थानको सिटीको २५ खेलबाट ५१ अंक मात्र छ ।

सम्बन्धित खवर