गायक प्रकाश कटुवाल पक्राउ - Crazysaptahik.com

गायक प्रकाश कटुवाल पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । परिवारसहित घुम्न गएका गायक कटुवाल तनहुँबाट पक्राउ परेका हुन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् ।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए ।

पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आक्रमण गरेका थिए ।

विहानको घटनाका आधारमा आक्रमण गर्ने कटुवाल नै भएको भन्दै किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ । घाइते भएको गुरुङको भने पोखरामा उपचार हुन नसकेपछि काठमाडौंमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.