मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ - Crazysaptahik.com

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


क्रेजी साप्ताहिक बुटवल । मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त समूहले ४ वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा लुकाई राखेको पत्ता लागेको र सबै सवारी साधन बरामद गरिएको भट्टराईले बताए । पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका–१ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा र २५ वर्षीय जीवन पुन रहेका छन् । यस्तै देवदह नगरपालिका–११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमार रहेका छन् । अनुसन्धानपछि उनीहरुलाई चोरी मुद्दा अन्तर्गत मुद्दा चलाइने डीएसपी भट्टराईले बताए । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुले बुटवल तथा तिलोत्तमा क्षेत्रबाट मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.