नौमति बाजाको तालिम - Crazysaptahik.com

नौमति बाजाको तालिम


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दलित सेवा संघमार्फत नौमति बाजाको तालिम सुरु भएको छ । वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप विकास तालिमको उद्घाटन् गर्नुभयो ।

नगरको १ लाख ५० हजार रुपैयाँ बजेटमा नौमति बाजा सम्वन्धी तालिम र बाजाको व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको संघका सचिव कुवेरमान घतानीले जनाउनु भयो । गत वर्ष नगरपालिकाको बजेटमा खरिद गरिएको बाजाको व्यवस्थापनका लागि समेत कार्यक्रममा छलफल भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.