बालक मृत अवस्थामा बालकको शवफेला - Crazysaptahik.com

बालक मृत अवस्थामा बालकको शवफेला


क्रेजी साप्ताहिक
लहान । छिमेकीको विवाह हेर्न गएका एक बालक सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुषको शव आज गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।

छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.