पथरीमा शृङखगत रुपमा चोरीका घटना बढ्दै, ३ जना मोटरसाइकल चोर्ने पक्राउ - Crazysaptahik.com

पथरीमा शृङखगत रुपमा चोरीका घटना बढ्दै, ३ जना मोटरसाइकल चोर्ने पक्राउ


क्रेजी साप्ताहिक
पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकामा शृङखलाबद्ध रुपमा चोरीका घटनाहरु बढ्न थालेका छन् । गत विहिवार देखी पथरी शनिश्चरे नगरपालिका क्षेत्रका विभिन्न स्थानमा यस्ता गतिविधि वढ्दै गएका हुन । विहिवार राति लगभग १ वजेको समयमा पथरी वजारको जातेमोडको एक होटलमा चोरी भएसगै यो गतिविधि बढ्दै गएको हो ।

जाँतेमोडमा रहेको दुर्गा होटलमा भएको चोरीमा चोरले नगद ७ हजार २ वटा मोवाईल लगायतको सामान लगेको होटल संचालकले जानकारी दिएका छन् । भने लगतै भोलिपल्ट पथरी शनिश्चरे वडा नं. ९ मा रहेको अग्रसर बचत तथा ऋण सहकारी सस्थामा तोडफोड भएको घटना बाहीर आएको छ ।  सहकारीमा तोडफोड गरी चोरीको प्रयास भएपनि सस्था बाट कुनै आर्थिक चोरी नभएको प्रहरीले जनाएको छ । साथै सोही समयमा सोही क्षेत्रमा बसोवास गर्ने कोपिला खाती र मैतारानी लिम्बुको घरमा चोरी भएको घटना पनि बाहिरीएको छ ।

खातिको घरबाट १३ हजार रुपैया र एउटा सामसुङ मोबाईल र मैतारानी लिम्बुको घर बाट ७ तोला चाँदी र एउटा क्यमेरा चोरी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।  तिनै स्थानमा भएको चोरीको प्रकृति एकै किसीमको देखिएका कारण फरार चोरहरु चाडै प्रकाउ पर्ने इलाका प्रहरी प्रमुख डिएस्पी दिलिप कुमार गिरीले बताए । पछिल्लो समय ईलाका प्रहरी कार्यालयमा डिएस्पी गिरी आए सग–सगै प्रहरीको सङख्यामा पनि दोव्वरले बृद्धि भएको छ तर चोरीका घटनाहरु भने शृङखलाबद्ध रुपमा बढ्दै जानुले प्रहरीको रात्रिकालिन गस्ती अझै बढाउनु पर्ने देखिन्छ ।

यस्तै प्रहरीले गत फागुन १ गते राति धरान उप–महानगर पालिका वडा नं.१६ गणेशमान चौक बाट हराएको मोटरसाईकल पथरीमा चोरहरु सहित पक्राउ गरेको छ । प्र–१–०२–०४१ प १९८१ नम्वरको कालो रातो साईनिङ भएको पल्सर मोटरसाईकल सहित पाँचथर मिक्लाजुङ ४ वस्ने वर्ष २१ का अनुप लिम्वु, संखुवासभा पाँचरुपन नगरपालिका वडा नं. ४ वस्ने वर्ष २८ का हेमराज रेग्मी र सोही ठेगाना भएका वर्ष २१ का लिला मगरलाई पथरी प्रहरीले पक्राउ गरेको हो । चोरहरुले मोटरसाईकलको चावी लक परिवर्तन गरिसेका थिए भने नम्वर प्लेट, नयाँ लगाउने क्रममा पथरी बजार सम्म भएको देखिएको छ । उनिहरुको साथ बाट केही थान मोवाईल परिर्वतीत मोटरसाईकलको नम्वर प्लेट सहित प्रहरीले पक्राउ गरेको हो ।

पथरी बजारको एक बाईक ग्यारेजमा मर्मतका लागि ल्याइएको सो मोटरसाईल मर्मतका क्रममा संकास्पद लागेपछि ग्यारेज संचालकले प्रहरीलाई खवर गरेका थिए । ग्यारेज संचालकले दिएको सुचनाको आधारमा प्रहरीले सोधिखोजी गर्दा मोटरसाईकल सहित ३ जनालाई पक्राउ गर्न सफल भएको हो । मोटरसाईल सम्वधित व्याक्तिलाई जिम्मा लाएको छ भने चोर हरुलाई आवश्यकीय कानुनी प्रकृया अगाडी बढाएको डिएस्पी गिरीले बताए ।

सम्बन्धित खवर