चुनावमा बोलेको बाचा पुरा गर्दै वडाध्यक्ष राई, वडाका अशक्तहरुलाई ह्विल चेयर बितरण - Crazysaptahik.com

चुनावमा बोलेको बाचा पुरा गर्दै वडाध्यक्ष राई, वडाका अशक्तहरुलाई ह्विल चेयर बितरण


क्रेजी साप्ताहिक
पथरी । आफ्नो सुविधाबाट सदैव दिन दुखी अशक्त, बेसहारा र गरिबलाई सेवा गर्दै आएका पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सागर राइले निरन्तर रुपमा चुनावी बाचा पुरा गदै आएका छन ।  आफुले वडाको हरेक दुखमा सानो मात्र भए पनि हासो दिलाउने उदेश्यले चुनावमा भाग लिएको र वडा बासीको मतले आज यो स्थानमा आएको बताउने राईले धेरै रोगिको उपचार गर्दै आएका छन ।

यतिखेर राई वडाका अशक्तहरुलाई आफ्नो सुविधाबाट घर घरमै गएर ह्विल चियर बितरण गर्दै आएका छन ।  नेपाली काङग्रेसबाट निर्वा्चित वडाध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आफ्नो वडाकी ३० वर्षीय दुर्गा खतिवडालाई एक थान ह्विल चियर प्रदान गरेका हुन ।  जन्मदा सकुशल नै जन्मे पनी ८ महिनाको उमेरबाट अपाङ्गताको सिकार बनेकी खतिवडालाई हिडडुल गर्न सहज होस भनेर ह्विल चियर वितरण गरेको राईले बताए । खतिवडा स्यमं हिडडुल गर्न नसक्ने भएकाले दाजु भाउजुको घरमा बस्दै आएकी छन ।

बिभिन्न सामाजिक कार्य गर्दै चर्चा बटुल्दै आएका वडा अध्यक्ष राईले आफ्नो वडाका शारीरिक अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसरमा ब्यक्तिगत स्रोत सहयोग गर्दै आएका छन भने केही दिन अघि वडाको हिडडुल गर्न नसक्ने अर्का एक बिपन्न बर्गको ४६ बर्षीय गीता चौहानलाई ह्विल चेयर प्रदान गरेका थिए । वडावासीहरुको प्रत्येक समस्यालाई आफ्नै ठानी समाधान गर्न रुचाउने राईले आफ्नो सुविधा र निजि श्रोतहरुको समेत व्यवस्थापन गरि वडाबासीहरुका लागि सहयोग गर्दै आएका छन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.