
क्रेजी साप्ताहिक
धरान । बुढासुब्बा गोल्डकप फुटबलको सोमबार भएको क्वाटरफाइनल खेलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब र बेलबारी फुटबल क्लबबीचभएको खेलमा बेलबारी फुटबल क्लब स्तब्ध भएको छ । मनाङले ४ गोलगर्दा बेलबारीले एक गोल पनि बदलामा फर्काउन सकेन । पहिलो हाफको २४ औँ मिनेटमा मनाङका अन्जान बिष्टले दिएको पासमा निशान लिम्बुले गोल गरे । त्यस्तै, पहिलो हाफको ४३ औँ मिनेटमा बिमल रानाले हेडिङ मार्फत शानदार गोल गरेका थिए । दोस्रो हाफको सातौं मिनेटमा अन्जान बिष्टले दिएको पासमा दयानन्द सिंहले गोल गरे । दोस्रो हाफको २१ औँ मिनेटमा अन्जान बिष्टकै पासमा दयानन्द सिंहले अर्को गोल गर्न सफल भए । उक्त सयम अवधि भरीमा बेलबारीले कुनै गोल फर्काउन नसक्दा स्तब्ध बन्नु प¥यो ।
यो जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिमा बेलबारीले गोल गर्ने मौका पाए पनि गोल गर्न सफल भएन । दोस्रो हाफको ११ औँ मिनेटमा बेलबारीका बिनोद अधिकारीले उत्कृष्ट प्रहार गरेपनि गोलमा परिणत हुन सकेन । त्यस्तै, दोस्रो हाफको ३५ औँ मिनेटमा उमेश कार्कीले उत्कृष्ट प्रहार गरेपनि उक्त प्रहार पनिगोल हुन सकेन । खेलमा मनाङले थुप्रैपटक मौका पाएपनि किप्परले रोक्न सफल भए । पहिलो हाफको २१ औँ मिनेटमा मनाङका पारस खत्रीले प्रहार गरेको गोल बेलबारीका गोलकिप्पर बिष्णु चौधरीले रोक्न सफल भए । त्यस्तै, दोस्रो हाफको १३ औँ मिनेटमा रञ्जन बिष्टले गरेकोप्रहार गोलमा परिणत हुन सकेन ।
सोमबारको खेलको म्यान अफ दिम्याच दयानन्द सिंह भए । उनले नगद १५ हजार हातपारे भने बेष्ट गोल गर्ने खेलाडी निशान लिम्बु भए । उनले ५ हजार नगद हात पारे । २२ औं संस्करणको बुढासुब्बा गोल्डकपमा बिजेता टिमले नगद १० लाख सहित ट्रफि हात पार्नेछन् भने उपविजेता टिमले ५ लाखमा चित्तबुझाउनु पर्नेछ । खेलमा ८ वटा टिम सहभागी थिए । आज मंगलबारको अन्तिम क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाण्डू र भारतीय टिम एफबीसीसी कलकत्ता बीचहुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा भारतको दार्जि्लिङ युनाइटेड खरसाङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो खेलमा बिभागिय टिम पुलिस क्लबले मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

