१९ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ - Crazysaptahik.com

१९ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

क्रेजी साप्ताहिक
रौतहट । रौतहटको राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सोमबार साँझ सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद गरेको हो ।

स्रोत नखुलेका रुपैयाँसहित पक्राउ परेका कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमारको साथबाट एकथान मोटरसाईकलका साथै ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्ण्जितले बताएका छन । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.